पहिलो टेस्टका लागि इंग्लिस टिमको घोषणा

एजेन्सी

लन्डन — वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टका लागि इंग्ल्यान्डले शनिबार १३ सदस्यीय टिमको घोषणा गरेको छ । पहिलो टेस्ट बुधबार साउथह्याम्पटनमा सुरु हुनेछ ।

छनोटकर्ताले ज्याक लेच र मोइन अलिको स्थानमा अफ स्पिनर डोमिनिक बेसलाई अवसर दिएका छन् । पहिलो टेस्टमा इंग्ल्यान्डको नेतृत्व बेन स्टोक्सले गर्दैछन् ।

घोषित टिममा परेका अन्य खेलाडीमा जेम्स एन्डरसन, जोफ्रा आर्सचर, स्टुवार्ट ब्रोड, रोरी बन्र्स, जस बटलर (विकेटकिपर), ज्याक क्राउली, जोए डेन्ली, ओलि पोप, डम सिब्ले, क्रिस वक्स र मार्क उड छन् ।

कोरोना भाइरस संक्रमणको महामारीपछि आयोजना हुन लागेको यो टेस्ट पहिलो अन्तर्राष्ट्रिय खेल हुनेछ ।

प्रकाशित : असार २०, २०७७ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?