कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

एटलेटिकोका लागि मोराटाको दुई गोल

रोयटर्स

म्याड्रिड — एटलेटिको म्याड्रिडले स्पेनी ला लिगाको तेस्रो स्थानमा शुक्रबार आफ्नो पकड अझ मजबुत बनाएको छ । यसका लागि उसले अल्भारो मोराटाको दुई गोलमा रेलिगेसनबाट बच्न संघर्षरत मार्लोकालाई ३–० ले हरायो ।

एटलेटिकोका लागि मोराटाको दुई गोल


एटलेटिकाको तेस्रो गोल कोकेको नाममा रह्यो । यो जितपछि उसको ३४ खेलबाट ६२ अंक भएको छ । यो चौथो स्थानमा रहेको सेभियाको भन्दा पाँच अंक बढी हो ।

हारले मार्लोकाको रेलिगेसनबाट बच्ने सम्भावना कम कमजोर भएको छ । उसको ३४ खेलबाट २९ अंक छ र पुछारबाट तेस्रो स्थानमा छ । यो १७ औं स्थानमा रहेको सेल्टा भिगोभन्दा पाँच अंकले पछाडि हो ।



प्रकाशित : असार २०, २०७७ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?