कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘सेते दाई’लाई सीप्यानको सहयोग

काठमाडौँ — क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान) ले ‘सेते दाई’को परिवारलाई १ लाख उपलब्ध गराएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरका कर्मचारी सेते दाईका नाममा चिनिएका जयबहादुर गुरुङको गत चैतमा निधन भएको थियो ।

‘सेते दाई’लाई सीप्यानको सहयोग

लामो समयदेखि कीर्तिपुर मैदानमा कार्यरत गुरुङको मृर्गौलाको समस्याका कारण निधन भएको थियो ।

पूर्व राष्ट्रिय खेलाडीद्धय नरेश बुढाएर र महेश क्षेत्री तथा नेप्लिज क्यानाडिएन क्रिकेट क्बलसँगको सहकार्यमा पठाइएको रकम सीप्यानका अध्यक्ष मनिषराज पाण्डेले सेते दाईकी श्रीमतीलाई शुक्रबार हस्तानतरण गरेका हुन् ।

सेते दाई अस्वस्थ भएसँगै सीप्यानलगायत संस्थाले सहयोग गरेका थिए ।

प्रकाशित : असार १९, २०७७ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?