१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अनुबन्ध थप्नेबारे मेसी र बार्सिलोनाको छलफल रोकियो

एजेन्सी

बार्सिलोना — कप्तान लियोनल मेसीले शुक्रबार बार्सिलोनासँग अनुबन्ध थप्नेबारे चलिरहेको छलफल रोक्ने  निर्णय गरेका छन् । सन् २०२१ मा मेसीको बार्सिलोनासँगको अनुबन्ध सकिँदै छ । स्पेनी रेडियो स्टेसन क्याडेन सेरका अनुसार मेसी बार्सिलोनासँग नयाँ अनुबन्ध गर्न चाहिरहेका छैनन् ।

अनुबन्ध थप्नेबारे मेसी र बार्सिलोनाको छलफल रोकियो

यसअघि मेसी र उनका बुबा जोर्गीले क्लबसँग सन् २०१७ सम्मका लागि नयाँ अनुबन्ध गर्नेबारे छलफल गरिरहेका थिए । तर अब मेसी क्याम्प नुमा बस्न चाहिरहेका छैनन् । रेडियोको समाचार अनुसार उनी क्लबलाई लिएर खुसी छैनन् । आफ्नो नाम गलत कारणले मुछिएको भनी रिसाइरहेका छन् ।

जनवरीमा प्रशिक्षक एरनिस्टो भाल्भरेडको बर्खास्तीमा मेसीको हात रहेको समाचार बाहिर आएको थियो । यस्तै वर्तमान बार्सिलोना टिम कमजोर बन्न पुगेकोमा पनि उनको गुनासो छ । गत महिना मात्रै मेसी ३३ वर्षका भएका थिए । मंगलबार एटलेटिको म्याड्रिडविरुद्धको खेलमा उनले सात सयौं गोल गोल गरेका थिए ।

मेसीले आफ्नो खेलजीवनको अन्त्यमा अर्जेन्टिनामै गर्न चाहिरहेको समाचार पनि पछिल्लो समय बाहिर आइरहेको छ । बार्सिलोना आउनुअगाडि उनी नेवेल्स ओल्ड ब्वाइजमा थिए । अहिले उनी फेरि आफ्नो बाल्यकालको टिममा फर्कन चाहन्छन् । पछिल्लो समय बार्सिलोनाको व्यवस्थापनसँग पनि उनको सम्बन्ध राम्रो हुन सकेको छैन ।

प्रकाशित : असार १९, २०७७ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?