लिभरपुलमाथि सिटीको चार गोल

एजेन्सी

म्यानचेस्टर — म्यानचेस्टर सिटीले बिहीबार सुरुमा लिग च्याम्पियन बनेको लिभरपुललाई मीठो आतिथ्य प्रदान गर्‍यो र त्यसपछि इतिहाड स्टेडियममा ४–० को नमिठो हार पनि चखायो । एक साताभन्दा कम समय अगाडि मात्र इंग्लिस प्रिमियर लिग जितेको योर्गन क्लोपको लिभरपुलले सिटीविरुद्ध कुनै पनि प्रकारको ठोस खेल प्रदर्शन गर्न सकेन । 

लिभरपुलमाथि सिटीको चार गोल

यो सिजनको लिगमा लिभरपुलको यो दोस्रो हार मात्र हो, तर यसले अर्को सिजन उसलाई लिग उपाधि रक्षा गर्नका लागि सिटीसँगै कडा संघर्ष गर्नु पर्ने स्पष्ट पारेको छ । क्लोपले भने हारमा आफ्ना खेलाडीको प्रदर्शनको रक्षा गर्दै यो खेललाई कुनै पनि अर्थमा हल्का नलिएको पनि बताएका छन् । उनको भनाइ थियो, 'सिटी निकै बलियो टिम हो ।'

सिटीका लागि केभिन डे ब्रुन, रहिम स्टर्लिङ र फिल फोडेनले गरे । चौथो गोल एलेक्स ओक्सलेड च्याम्बरलिनको आत्मघाती गोल रह्यो । बिहीबारकै अर्को खेलमा सेफिल्ड युनाइटेडले टोटनहमलाई घरमा ३–१ ले हरायो र अर्को सिजन युरोपमा खेल्ने सम्भावनालाई कायम राख्न सफल रह्यो ।

प्रकाशित : असार १९, २०७७ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?