एटलान्टाले नेपोलीलाई २-० ले हरायो

एजेन्सी

रोम — एटलान्टाले अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने सम्भावना अझ बलियो बनाउन बिहीबार इटालीको सिरी एमा नेपोलीलाई २–० ले हरायो । यो जितपछि एटलान्टाले शीर्ष चारको पछाडि लागेका अन्य क्लबसँगको दूरी बढाएको छ ।

एटलान्टाले नेपोलीलाई २-० ले हरायो

उसको जितमा मारियो पासालिच र रोबिन जासेन्सले गोल गरे । जिया पिएरोको एटलान्टा लिगका पछिल्ला नौ खेलमा अपराजित छ र अहिलेको जितपछि उसले छैटौं स्थानको नेपोलीमाथि १५ अंकको अग्रता खोल्यो ।

यस्तै पाँचौं स्थानको रोमामाथि पनि यो १२ अंकको अग्रता हो । बिहीबारकै अर्को खेलमा रोमा घरमै युडिनेजीसँग २–० ले पराजित रहेको थियो ।

प्रकाशित : असार १९, २०७७ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?