कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रियल उपाधितर्फ अग्रसर

एजेन्सी

म्याड्रिड — कप्तान सर्जियो रामोसले खेलको अन्त्यतिर पेनाल्टीमा गोल गोल गर्दै बिहीबार रियल म्याड्रिडलाई गेटाफेमाथि १–० को जित दिलाएका छन् ।

रियल उपाधितर्फ अग्रसर

घरमा प्राप्त यो जितपछि रियलले उपाधि होडमा रहेको बार्सिलोनामाथि चार अंकको स्पष्ट अग्रता लिएको छ । स्पेनी ला लिगामा रियलको यो लगातार छैटौं जित पनि हो ।

खेलको ७९औं मिनेटमा रामोसले पेनाल्टीलाई गोलमा परिणत गरे । गटोफेले पूरा खेल अवधिमा राम्रा अवसर सिर्जना गरे पनि हार टार्न सकेन । बार्सिलोनाले आफ्नो पछिल्लो खेलमा एटलेटिको म्याड्रिडसँग बराबरी खेलेको थियो । रियल अहिलेको जितपछि त्यसको भरपूर फाइदा लिन पनि सफल रह्यो ।

सन् २०१७ यता लिग जित्न नसकेको रियल यसपल्ट पाँच चरणको खेल बाँकी छँदा जिततर्फ अग्रसर भएको छ । जिनेदिन जिदानको रियल ७४ अंकसहित शीर्ष स्थानमा छ । बिहीबारकै अन्य खेलमा ओसासुनाले आइबरलाई २–० र रियल सोसिडाडले एस्पान्योललाई २–१ ले पराजित गर्‍यो ।

प्रकाशित : असार १९, २०७७ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?