कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

रियल म्याड्रिडको अब महिला टिम पनि

एजेन्सी

म्याड्रिड — रियल म्याड्रिडले अन्तत: पहिलोपल्ट आफ्नो महिला टिम बनाएको छ । रियलले बुधबार गरेको यो घोषणालाई विश्व महिला फुटबलका लागि क्रान्तिकारी परिवर्तन मानिएको छ ।

रियल म्याड्रिडको अब महिला टिम पनि

रियलले तीन लाख युरोमा म्याड्रिडको एउटा टिम किनेर त्यसलाई आफ्नो नाम दिएको हो । अब त्यसलाई औपचारिक रूपमा रियल म्याड्रिड फेमिनिनो भनिनेछ ।

रियलले आफ्नो यो कामले महिला फुटबलको विकासमा योगदान पुग्ने विश्वास पनि लिएको छ । युरोपमा ठूला क्लबमध्ये आफ्नो अलगै महिला टिम नहुने रियल एक मात्र क्लब थियो ।

प्रकाशित : असार १८, २०७७ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?