क्यानमा सदस्य थप

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद्ले नेपाल क्रिकेट संघ (क्यान) कार्यसमितिको दुई सदस्यमा छुम्बी लामा र धर्मराज गिरीलाई नियुक्त गरेको छ । क्यानको कार्यसमितिमा राखेपका तर्फबाट प्रतिनिधित्व गर्ने दुई कोटामा उनीहरूलाई नियुक्त गरिएको हो ।

क्यानमा सदस्य थप

असार १० गतेको परिषद्को निर्णयअनुसार नियुक्त भएका उनीहरू मंगलबार राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले पत्र प्रदान गरे । गिरी बाहिर रहेकाले उनको पत्र लामाले बुझेका थिए ।

गत असोजमा भएको क्यान निर्वाचनले चतुरबहादुर चन्दको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । त्यतिबेला १७ जना सदस्य चुनिएको थियो । दुई सदस्य थपिँदा अब क्यान १९ सदस्यीय भएको छ । छुम्बी यसअघि क्यानमा सिओओ (चिफ अप्रेटिङ अफिसर) थिए । उनी हाल पोखरा प्रियिमर लिगसँग आबद्ध छन् । रूपन्देहीका गिरी भने यसअघि क्यानअन्तर्गत विभिन्न समितिमा रहेर काम गरिसकेका व्यक्ति हुन् ।

प्रकाशित : असार १७, २०७७ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?