कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युभेन्ट्स ४ अंकले अगाडि

एजेन्सी

जेनोआ — युभेन्ट्सले मंगलबार पुछारतिरको जेनोआलाई ३–१ ले हराएर इटालीको सिरी ए लिग तालिकामा ४ अंकले अगाडि रहन सफल भएको छ ।  त्यसमा विजयी टिमका लागि पउल डेबेला, क्रिस्टियानो रोनाल्डो र डगलस कोस्टाले उत्कृष्ट गोल गरेका थिए ।

युभेन्ट्स ४ अंकले अगाडि

पहिलो हाफमा जेनोआले युभेन्ट्सको आक्रमण सफलतापूर्वक रोके पनि दोस्रो हाफमा विपक्षी टिमका स्टार खेलाडीको उत्कृष्ट प्रदर्शनसामु टोलीको केही लागेन ।

डेबेलाले ५०औं मिनेटमा जेनोआका तीन डिफेन्डरलाई छलाएर डिफ्लेक्ट भएको सटमा पहिलो गोल गोल गरे । त्यसको सात मिनेटमा रोनाल्डोले २५ मिटर परबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भयो । कोस्टाले तेस्रो गोल थपे ।

जेनोआतर्फबाट आन्द्रे पिनामोन्टीले एक गोल फर्काए । युभेन्ट्सको २९ खेलबाट ७२ अंक भएको छ । लाजियो भने ६८ अंकमा दोस्रो स्थानमा छ । उसले दिनको अर्को खेलमा टुरिनोलाई २–१ ले पराजित गरेको थियो ।

प्रकाशित : असार १७, २०७७ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?