२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

साफ च्याम्पियनसिप एक वर्ष पछाडि सर्‍यो

काठमाडौँ — दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनसिप एक वर्ष पछाडि सारिएको छ । सेप्टेम्बरमा बंगलादेशमा हुने भनिएको प्रतियोगिता अब एक वर्षपछि सन् २०२१ मा मात्र हुनेछ ।

साफ च्याम्पियनसिप एक वर्ष पछाडि सर्‍यो

कोरोना भाइरस संक्रमणको महामारीका कारण प्रतियोगिता पछाडि सारिएको हो । दक्षिण एसियाली फुटबल महासंघको भर्चुअल बैठकले यो निर्णय गरेको हो । त्यस बैठकमा सात देशका फुटबल संघका महासचिवको सहभागिता थियो ।

नेपालका तर्फबाट त्यस बैठकमा अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले भाग लिएका थिए । प्रतियोगितामा नेपाल र बंगलादेशसँगै भारत, पाकिस्तान, श्रीलंका, भुटान र माल्दिभ्स सहभागिता रहने गरेको छ ।

गत वर्षको साफ च्याम्पियनसिप पनि बंगलादेशमै भएको थियो र त्यसमा माल्दिभ्स विजयी रहेको थियो । फाइनलमा उसले भारतलाई हराएको थियो ।

प्रकाशित : असार १६, २०७७ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?