बर्नली आठौं स्थानमा

एजेन्सी

लन्डन — बर्नलीले इंग्लिस प्रिमियर लिगमा सोमबार क्रिस्टल प्यालेसलाई १–० ले हरायो र लिग तालिकाको आठौं स्थानमा उक्लिन सफल रह्यो । बर्नलीका लागि कप्तान बेन मीले हेडबाट निर्णायक गोल गरे ।

बर्नली आठौं स्थानमा

सिन डाय्चको टिम यो जितपछि आर्सनल र सेफिल्ड युनाइटेडलाई उछिनेर ४५ अंकमा रह्यो । यो टोटनहमले हात पारेको अंक बराबर हो । रोय हडसनको प्यालेसले खेलको अन्त्यतिर चर्को दबाब सिर्जना गरेपनि बर्नली जितमा कायम रहन सक्यो ।

बर्नली पछिल्ला १० खेलमा एकै पल्ट मात्र पराजित रहेको छ र उसको उद्देश्य पनि अर्को सिजन युरोपमा खेल्ने रहेको छ । प्यालेस भने ४२ अंकमा ११ औं स्थानमा रह्यो ।

प्रकाशित : असार १६, २०७७ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?