कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

गेटाफेको नजर शीर्ष चारमा

एजेन्सी

गेटाफे — गेटाफेले सोमबार आफ्नो घरमा रियल सोसिडाडलाई २–१ ले हरायो र ला लिगाको शीर्ष चारमा रहेर युरोपेली च्याम्पियन्स लिगका लागि छनोट हुने बाटो खुल्ला राख्यो । गेटाफेका लागि दुवै गोल जेमी माटाले गरे ।

गेटाफेको नजर शीर्ष चारमा

माटाले पेनाल्टीबाट २० औं मिनेटमा पहिलो गोल गरे । एडनन जनुजागले बराबरी गोल फर्काएयता माटाले ८३ औं मिनेटमा निर्णायक सावित गोल गरे ।

यो जितपछि गेटाफे ५२ अंकसहित पाँचौं स्थानमा उक्लेको छ र यो चौथो स्थानमा रहेको सेभियासँग दुई अंकको मात्र दूरी हो । लगातार चौथो हार बेहोर्ने क्रममा सोसिडाड भने ४७ अंकमा सातौमा झरेको छ ।

प्रकाशित : असार १६, २०७७ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?