कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

भलिबलको प्रमुख प्रशिक्षकमा सिंह

काठमाडौँ — नेपाली भलिबलको प्रमुख प्रशिक्षकमा प्रज्वलबहादुर सिंह नियुक्त भएका छन् । असार १० गतेको राखेप सदस्य–सचिव स्तरीय निर्णयानुसार उनलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको हो ।

भलिबलको प्रमुख प्रशिक्षकमा सिंह

काठमाडौं जिल्लामा कार्यरत प्रशिक्षक सिंहलाई समान पद, श्रेणी तथा सेवा कायम रहने गरी प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विकले जानकारी गराएका छन् ।

२०५२ सालमा सहायक प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद्मा नियुक्त सिंह २०६४ सालमा प्रशिक्षकमा बढुवा भएका थिए । ब्रह्म स्पोर्टस क्लबबाट भलिबल खेल्ने सिंह आफ्ना बेलाका राम्रा खेलाडीमा गनिन्थे ।

प्रकाशित : असार १५, २०७७ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?