कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दुवै मिलान क्लब विजयी

एजेन्सी

मिलान — इटालीको सिरी एमा आइतबार दुवै मिलान क्लब विजयी रहे । इन्टर मिलानले पार्मालाई २–१ ले हराउँदै तेस्रो स्थानमा आफ्नो पकड बलियो बनायो । इन्टरको ६१ अंक भएको छ ।

दुवै मिलान क्लब विजयी

यस्तै एसी मिलानले रोमालाई २–० पराजित गर्न सफल रह्यो । टोलीले सातौं स्थानमा उक्लेर अर्को सिजन युरोपमा खेल्ने सम्भावना जीवन्त राख्यो । रोमा भने ४८ अंकमा पाँचौं स्थानमा छ ।

आइतबार अन्य खेलमा छैटौं स्थानको नेपोलीले स्पाललाई ३–१ ले पन्छायो । यस्तै एटलान्टाले युडिनेजीलाई ३–२ र बोलोग्नाले साम्पडोरियालाई २–१ ले हराए ।

प्रकाशित : असार १५, २०७७ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?