एफए कप ड्र : सिटीविरुद्ध आर्सनल र युनाइटेडविरुद्ध चेल्सी

एजेन्सी

लन्डन — एफए कपको आइतबार निकालिएको तालिकाअनुसार पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले आर्सनलको सामना गर्ने भएको छ । यस्तै अर्को सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडविरुद्ध चेल्सी रहेको छ ।

सेमिफाइनलमा प्रतियोगिताकै सर्वाधिक सफल तीन क्लब छन् । आर्सनलसँग १३ पल्ट एफए कप जितेको कीर्तिमान छ । यस्तै युनाइटेडले १२ र चेल्सीले आठपल्ट एफए कप जितेका छन् ।

दुवै सेमिफाइनल वेम्बलीमा हुनेछन् । आइतबारका क्वार्टरफाइनलमा आर्सनलले सेफिल्ड युनाइटेडलाई २–१, चेल्सीले लेस्टरलाई १–० र सिटीले न्युकासल युनाइटेडलाई २–० ले हराएका थिए ।

प्रकाशित : असार १५, २०७७ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्

रियल म्याड्रिड दुई अंकले अगाडि

एजेन्सी

म्याड्रिड — करिम बेन्जेमाको अर्को जादुयी प्रदर्शनमा कासेमिरोले गरेको गोलको सहयोगमा रियल म्याड्रिडले आइतबार पुछारमा रहेको इस्पान्‍योललाई १-० ले हरायो । यो जितसँगै लिग तालिकामा रियलले बार्सिलोनामाथि शीर्ष स्थानमा दुई अंकको स्पष्ट अग्रता खोल्यो ।

भ्यालेन्सियाविरुद्ध बेन्जेमाले भलीमा गरेको गोललाई लिगमा यो सिजनकै सर्वाधिक उत्कृष्ट गोल मानिएको छ । यसपल्ट कासेमिरोके गोलका लागि निकालेको पासलाई लिगमा यो सिजनकै सर्वाधिक उत्कृष्ट ‘एसिस्ट’ मानिएको छ ।

यो जितपछि रियल लिग तालिकामा बलियो पनि देखिएको छ । अघिल्लो दिन बार्सिलोनाले सेल्टा भिगोसँग बराबरी खेलेपछि रियललाई फाइदा पुगेको हो ।

लिग तालिकाको शीर्ष स्थानमा फेब्रुअरीयता दुई अंकको अग्रता सबैभन्दा ठूलो हो र यसले रियल ८ वर्षमा दोस्रो लिग उपाधि जित्न सक्ने संघारमा पनि पुगेको छ ।

प्रकाशित : असार १५, २०७७ ०७:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×