रियल म्याड्रिड दुई अंकले अगाडि

एजेन्सी

म्याड्रिड — करिम बेन्जेमाको अर्को जादुयी प्रदर्शनमा कासेमिरोले गरेको गोलको सहयोगमा रियल म्याड्रिडले आइतबार पुछारमा रहेको इस्पान्‍योललाई १-० ले हरायो । यो जितसँगै लिग तालिकामा रियलले बार्सिलोनामाथि शीर्ष स्थानमा दुई अंकको स्पष्ट अग्रता खोल्यो ।

रियल म्याड्रिड दुई अंकले अगाडि

भ्यालेन्सियाविरुद्ध बेन्जेमाले भलीमा गरेको गोललाई लिगमा यो सिजनकै सर्वाधिक उत्कृष्ट गोल मानिएको छ । यसपल्ट कासेमिरोके गोलका लागि निकालेको पासलाई लिगमा यो सिजनकै सर्वाधिक उत्कृष्ट ‘एसिस्ट’ मानिएको छ ।

यो जितपछि रियल लिग तालिकामा बलियो पनि देखिएको छ । अघिल्लो दिन बार्सिलोनाले सेल्टा भिगोसँग बराबरी खेलेपछि रियललाई फाइदा पुगेको हो ।

लिग तालिकाको शीर्ष स्थानमा फेब्रुअरीयता दुई अंकको अग्रता सबैभन्दा ठूलो हो र यसले रियल ८ वर्षमा दोस्रो लिग उपाधि जित्न सक्ने संघारमा पनि पुगेको छ ।

प्रकाशित : असार १५, २०७७ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?