कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जितसँगै सिरी ए उपाधिमा लाजियोको सम्भावना जीवितै

एजेन्सी

मिलान — लाजियोले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर शनिबार इटालीको सिरी ए मा फियोरेन्टिनालाई २–१ ले हरायो । यससँगै टोलीले लिग उपाधि जित्ने झिनो सम्भावना कायमै राखेको छ ।

जितसँगै सिरी ए उपाधिमा लाजियोको सम्भावना जीवितै

खेल सकिनु सात मिनेटअगाडि लुइस अल्बर्टोले लाजियोका लागि निर्णायक गर्दा क्लबले शीर्ष स्थानमा रहेको युभेन्ट्ससँगको दूरी चार अंकमा छोट्यायो ।

सन् २००० यता पहिलो लिग उपाधि जित्ने अभियानमा रहेको लाजियो गत साता एटलान्टाविरुद्धको खेल गुमाएपछि दबाबमा आएको थियो । यस क्रममा उसको २१ खेलको अपराजित यात्रा पनि टुंगिएको थियो ।

प्रकाशित : असार १४, २०७७ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?