रहेनन् पहिलो पुस्ताका नेपाली फुटबलर राजबहादुर सिंह

काठमाडौँ — नेपाली फुटबलको पहिलो पुस्ताका खेलाडी राजबहादुर सिंहको शुक्रबार राति निधन भएको छ । उनी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव पनि रहे ।

रहेनन् पहिलो पुस्ताका नेपाली फुटबलर राजबहादुर सिंह

उनलाई नेपाली फुटबलले पाएका उत्कृष्ट खेलाडीमध्ये एक मानिन्छ ।

औपचारिक रूपमा नेपाली राष्ट्रिय टिम सहभागी भएको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता आगा खाँ गोल्डकपका उनी एक सदस्य थिए । त्यो प्रतियोगिता तत्कालीन पूर्वी पाकिस्तान रहेको बंगलादेशको ढाकामा सन् १९६३ मा भएको थियो ।

उनले परिषद्को सातौं सदस्य सचिवका रूपमा २०४८ देखि २०५० सम्म जिम्मेवारी सम्हालेका थिए । घरेलु फुटबलमा भने उनले एनआरटी र विद्याव्यायाम मन्दिरका लागि खेले । उनको शनिबार पशुपति आर्यघाटमा अन्येष्टि गरिएको नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यले बताए । सिंह लामो समयदेखि बिरामी थिए ।

प्रकाशित : असार १३, २०७७ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?