कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

‘सिल्भाको विकल्पमा फोडेन’

बीबीसी

म्यानचेस्टर — म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले फिल फोडेन टिममा भएकाले आगामी सिजनका लागि डेविड सिल्भाको स्थानमा अर्का खेलाडी अनुबन्ध गर्न आवश्यक नभएको जनाएका छन् । 

‘सिल्भाको विकल्पमा फोडेन’

एक दशक सिटीमा बिताएका ३४ वर्षे स्पेनिस प्लेमेकर सिल्भा यो सिजन सकिएपछि क्लब छाड्दै छन् । प्रिमियर लिगमा खासै मौका नपाएर छट्पटिएका २० वर्षे फोडेनले सोमबार सिटीले बर्नलीमाथि ५–० को विजय हात पार्दा प्रभावशाली प्रदर्शन गरेका थिए । ‘गत वर्ष जब डेविडले यो मेरो सिटीमा अन्तिम वर्ष हुन्छ भनेका थिए, मैले बोर्डमा हामीसँग फोडेन भएकाले सिल्भाको स्थानमा आउने खेलाडीप्रति लगागी गर्नु नपर्ने भनेको थिएँ ।’

गत सातामात्र फोडेनले आर्सनलविरुद्ध गोल गरेका थिए, जुन यस सिजनमा उनको पहिलो गोल थियो । फोडेनले सोमबार राति बर्नलीसँग व्यक्तिगत उच्च स्किल प्रदर्शन गर्दै २ गोल गरेका थिए । सिटीबाट गोल गर्ने सूचीमा सिल्भा पनि थिए । ‘डेविडले सिटीमा जुन सफलता पाए, त्यस्ता खेलाडीको विकल्प खोज्न कठिन हुन्छ,’ ग्वार्डिओलाले सिटीसँगको खेलपछि भने, ‘जो हार्ट, पाब्लो जाबालेटा, सर्जियो अगुइरो, याया टाउरे र डेविड सिल्भाजस्ता खेलाडीले नै क्लबलाई आज यो स्थानमा ल्याएका हुन् ।’

‘फोडेनमा विकल्प खोज्नु गाह्रो हो, तर हामीसँग म्यानचेस्टर सिटीका एक युवा प्रशंसक छन् जो हरेक पटक खेल्दा केही अनौठो र विशेष खेल्छन्,’ ग्वार्डिओलाले भने, ‘आगामी दशक वा १५ वर्षमा उनी हाम्रा लागि असाधारण खेलाडी हुनेछन्, त्यसमा कुनै शंका छैन ।’ बर्नलीसँगको खेलमा म्यान अफ द म्याच प्रदर्शन गरेका फोडेनले सिटीको जर्सीमा आफूले अहिलेसम्मकै उत्कृष्ट खेलेको जनाउँदै भनेका थिए, ‘जहिल्यै पनि एउटा भूमिका निभाउन पाउँदा रमाइलो लाग्छ, म आफ्नो फुटबलको आनन्द लिइरहेको छु । सबैभन्दा महत्त्वपूर्ण भनेको नतिजा पनि आइरहेको छ र टिम कसरी खेलिरहेको छ भन्ने हो । हामी चुस्त छौं ।’

प्रकाशित : असार ११, २०७७ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?