कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

असफलता सिटीलाई प्रेरणा बन्‍ने

एजेन्सी

म्यानचेस्टर — म्यानचेस्टर सिटीले यसपल्टको इंग्लिस प्रिमियर लिग उपाधि गुमाउने त निश्चित जस्तै भइसकेको छ । त्यसैले सिटीका व्यवस्थापक पेप ग्वार्डिओला मान्छन्, यो असफलताले क्लबलाई अर्को सिजन राम्रो खेल्न प्रेरित गर्नेछ ।

असफलता सिटीलाई प्रेरणा बन्‍ने

गत वर्ष उनको टिम एक दशकयता लगातार लिग उपाधि जित्ने पहिलो टिम बनेको थियो । ठीक त्यही बेला उनले आफ्ना खेलाडीलाई चेतावनी दिएका थिए, अबको सिजन सजिलो हुने छैन ।

यस्तै भयो भने ग्वार्डिओला मान्छन्, लिग उपाधि रक्षा गर्न नसकेको चोट र पीडाले आफ्ना खेलाडीलाई राम्रो प्रतिक्रिया दिन बाध्य पार्नेछ । उनले भनेका छन्, ‘यो सिजनको सुरुआतमा जे भयो, त्यसबाट हामीले धेरै सिक्नुपर्छ । लिभरपुलविरुद्ध कम्युनिटी सिल्ड जितेपछि हामी खुसी त भयौं, तर लगत्तै लिगका केही खेलमा राम्रो गर्न सकेनौं र अंक गुमायौं । यो हामीले अपेक्षा गरेका थिएनौं । एउटा तथ्य के निश्चित छ भने प्रत्येक सिजन हाम्रो विपक्षी टिम अझ झन् बलियो हुनेछ ।’

ग्वार्डिओलाले थपे, ‘अबको सिजन फेरि एकपल्ट लिभरपुल बलियो नै रहनेछ । चेल्सीले पनि कसरी फुटबल बजारमा लगानी गर्नेछ, त्यो हेर्नलायक हुनेछ । म्यानचेस्टर युनाइटेड पनि अगाडि बढ्ने क्रममा छ । यस्तै टोटेनहमका प्रमुख खेलाडी पनि चोटमुक्त भएर मैदानमा फर्कंदैछन् । जोसे मोउरिन्होको अनुभवी नेतृत्वमा टोटेनहम राम्रो गर्न सक्षम छ । मिखेल अर्टेटाको नेतृत्वमा आर्सनल अनि ब्रेन्डन रोजर्सको नेतृत्वमा लेस्टर सिटी पनि अझ बलियो हुनेछन् ।’

उनले अब आफ्नो टिमको उद्देश्य सकेसम्म चाँडै अर्को सिजनका लागि युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने लक्ष्य रहेको बताए । उनको योजना छ, ‘हामी सकेसम्म चाँडै बढीभन्दा बढी अंक जितेर च्याम्पियन्स लिगमा छनोट हुन चाहन्छौं । अबको दुई तीन सातामा युरोपेली फुटबल महासंघले गर्ने निर्णय पनि आउने छ ।’

युरोपमा खेल्नबाट महासंघले लगाएको दुई वर्षको प्रतिबन्धको निर्णयविरुद्ध क्लबले ‘कोर्ट अफ आर्बिटेसन’ मा गरेको अपिलको निर्णय आउने क्रममा छ ।

लेरोय सानेले यो सिजन सिटी छाड्ने सम्भावना रहेको स्थितिबारे ग्वार्डिओलाले भने, ‘हामीसँग पर्याप्त राम्रा खेलाडी छन् । गाब्रियल जेसस, फिल फोडेन र रहिम स्टर्लिङका रूपमा हामीसँग अगाडि खेल्ने खेलाडी छन् । हामीसँग अन्य विकल्प हुन सक्नेछन् । तर यो सबै निर्णयका लागि यो सिजन अन्त्यसम्म कुर्नुपर्नेछ ।’

उनले चोटबाट गुज्रिइरहेका बेन्जामिन मेन्डीको सिटीमा लामो भविष्य रहेको बताए । ग्वार्डिओलाले मेन्डी चाँडै मैदानमा फर्कन सक्ने विश्वास पोखे ।

–द गार्डियन

प्रकाशित : असार ९, २०७७ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?