३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बर्नलीविरुद्ध म्यानचेस्टर सिटीको पाँच गोल

एजेन्सी

म्यानचेस्टर — फिल फोडेन र रियाद मेहरेजले दुई-दुई गोल गरेपछि म्यानचेस्टर सिटीले आफू अझै उत्तिकै बलियो रहेको प्रमाणित गर्दै इंग्लिस प्रिमियर लिगमा सोमबार बर्नलीलाई ५–० ले हरायो ।

बर्नलीविरुद्ध म्यानचेस्टर सिटीको पाँच गोल

इतिहाडमा भएको खेलमा सिटीले आठ खेलाडी परिवर्तन गरेर टिम उतारे पनि कमजोर बर्नलीविरुद्ध प्रभावशाली जित निकालेको हो । यो जितपछि सिटीले शीर्ष स्थानमा रहेको लिभरपुलविरुद्धको अन्तर २० अंकमा पुर्‍याएको छ ।

सब्स्टिच्युटमा नौ खेलाडी राख्न पाउनेमा बर्नली व्यवस्थापकले सात खेलाडीको नाम मात्र बुझाउन सकेका थिए । त्यसमा पनि दुई गोलरक्षक थिए । बर्नलीका चार प्रमुख खेलाडीले अनुबन्ध बढाउनेमा हस्ताक्षर गर्न अस्विकार गरेका छन् ।

फोडेनले २२ औं मिनेटमा पहिलो गोल गरे भने ६३ औ मिनेटमा उनले आफ्नो दोस्रो गोल थप्दै सिटीलाई पाँच गोलले अगाडि राखे । यसबीच रियादले दुई गोल गरे र यसमा एक गोल पेनाल्टीमा सम्भव भएको थियो ।

खेलको चौथो गोल ५१औं मिनेटमा डेविड सिल्भाले गरेका थिए ।

प्रकाशित : असार ९, २०७७ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?