मलिकले परिवार भेट्न पाउने

रोयटर्स

लाहोर — अलराउन्डर सोएब मलिकले आफ्नो परिवारसँग बिताएयता पाकिस्तानी टिममा सहभागिता जनाउन पाउने भएका छन् । पाकिस्तानी क्रिकेट बोर्डका अनुसार कोरोना भाइरस संक्रमणको महामारीका कारण मलिकले पाँच महिनादेखि आफ्नो परिवारलाई भेट्न पाएका छैनन् । पाकिस्तानले इंग्ल्यान्डमा तीन टेस्ट र तीन ट्वान्टी–२० खेल्दैछ ।

मलिकले परिवार भेट्न पाउने

सिरिज अगस्ट–सेप्टेम्बरबीच हुनेछ । पाकिस्तानी २९ सदस्यीय टिम जुन २८ मा म्यानचेस्टरतर्फ जाने कार्यक्रम छ । त्यसअगाडि डर्बीसायरमा १४ दिन क्वारेन्टाइनमा बिताउनेछ । यसक्रममा टिमले प्रशिक्षण र अभ्यास गर्न पाउनेछ । मलिक पाकिस्तानमा छन् भने उनकी पत्नी तथा टेनिस खलाडी सानिया मिर्जा र एकवर्षे छोरा इझान भारतमै छन् । अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्धका कारण उनीहरूले एकआपसमा भेट्न नपाएका हुन् ।

बोर्डका प्रमुख कार्यकारी वसिम खानका अनुसार अहिले सबै प्रकारका नियम खुकुलो हुँदै छ, त्यसैले परिवारका सदस्यले एक आपसमा भेट्ने समस्या हुने छैन । बोर्डले मकिलबारे इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बार्डलाई पनि जानकारी दिइसकेको जनाएको छ । पूर्वकप्तानसमेत रहेका ३८ वर्षीय मलिकले सन् २०१५ मै पाकिस्तानका लागि टेस्ट क्रिकेटबाट संन्यास लिइसकेका छन् । यस्तै उनले गत वर्ष इंग्ल्यान्डमा भएको एकदिवसीय विश्वकपपछि त्यसबाट संन्यास लिएका थिए । अहिले उनी पाकिस्तानका लागि ट्वान्टी–२० क्रिकेटमा भने उपलब्ध छन् ।

प्रकाशित : असार ८, २०७७ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?