लिभरपुलले उपाधि जित्न अझै कुर्नुपर्ने

रोयटर्स

लिभरपुल — लिभरपुलले आफ्नो पहिलो इंग्लिस लिग उपाधिका लागि अझै कुर्नुपर्ने भएको छ । आइतबारको दर्शकविहीन मर्सिसाइड डर्बीमा एभरटनले उसलाई गोलरहित बराबरीमा रोक्यो ।

लिभरपुलले उपाधि जित्न अझै कुर्नुपर्ने

निश्चित लिग उपाधितर्फ अग्रसर लिभरपुलको प्रदर्शन कमजोर रहेको थियो । योर्गन क्लोपको लिभरपुलले १ सय ३ दिनको अन्तरपछि पहिलो आधिकारिक खेल खेलिरहेको थियो ।

यो खेल जितेको भए लिभरपुलले बुधबार क्रिस्टल प्यालेसविरुद्धको खेल जितेर लिग उपाधि कब्जा गर्न सक्थ्यो । लिगमा आठ चरणको खेल बाँकी रहेकोमा लिभरपुललाई लिग जित्न पाँच अंकको आवश्यकता छ ।

लिभरपुलको ८३ र दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६० अंक छ । आइतबारकै अन्य खेलमा चेल्सीले एस्टन भिल्लालाई २–१ ले हरायो । न्युकासल युनाइटेड सेफिल्ड युनाइटेडलाई ३–० ले पराजित गर्न सफल रह्यो ।

प्रकाशित : असार ८, २०७७ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?