माइन्जसँग डर्टमन्ड स्तब्ध

एएफपी

बर्लिन — कमजोर मानिएको माइन्जका लागि १९ वर्षीय जोनाथन बुरकार्डटले  माथिल्लो डिभिजनमा पहिलो गोल गरेपछि जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमन्डले बुधबार राति २–० को स्तब्धपूर्ण हार बेहोरेको छ ।

माइन्जसँग डर्टमन्ड स्तब्ध

यो जितपछि माइन्ज रेलिगेसनबाट बच्ने लगभग निश्चित जस्तै भएको छ । दोस्रो स्थानमा रहेर युरोपेली च्याम्पियन्स लिगका लागि छनोट पनि भइसकेको डर्टमन्डमा खेलप्रतिको समर्पण कम देखिएको थियो ।

बुधबारका अन्य खेलमा बायार लेवरकुसनले कोल्नलाई ३–१ ले हराएर फेरि शीर्ष चारमा उक्लिन सफल रह्यो । तेस्रो स्थानको लाइपजिगले भने फोर्टुना डुलसफोर्डसँग २–२ को बराबरी खेल्यो ।होफनहाइमले भने आउग्सबर्गलाई ३–१ ले हरायो ।

प्रकाशित : असार ४, २०७७ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?