बराबरीले सेभियालाई घाटा- खेलकुद - कान्तिपुर समाचार

बराबरीले सेभियालाई घाटा

एएफपी

म्याड्रिड — अर्को सिजन युरोपेली च्याम्पियन्स  लिगमा छनोट हुने सेभियाको अभियानमा सोमबार धक्का पुगेको छ । डिएगो कार्लोसले आत्मघाती गोल गरेपछि सेभियाले लेभान्टेसँग १–१ को बराबरीमा चित्त बुझायो ।

जुलियन लेपोटेगीको टिम सेभिया तेस्रो स्थानमा छ । उसलाई पाँचौंमा रहेको गेटाफेमाथि ५ अंकको अग्रता प्राप्त छ ।

यस्तै पाँचपल्टको युरोपा लिग विजेता सेभिया चौथो स्थानको रियल सोसिडाडभन्दा चार अंकले अगाडि छ । सेभियासँगै एट्लेटिको म्याड्रिड, भ्यालेन्सिया, ग्रेनेडा र भिल्लारियल लिगको तेस्रो र चौथो स्थान हात पार्ने अभियानमा छन् । गेटाफेविरुद्ध सेभियाले लुक डे जोङको गोलले अग्रता लिएको थियो ।

बराबरीले १२औं स्थानमा रहेको लेभान्टे रेलिगेसन क्षेत्रबाट १० अंक अगाडि रहन सफल रह्यो । उसका लागि लिगमा ९ चरणका खेल हुन बाँकी छ । सोमबार रातिको अर्को खेल पनि बराबरीमा टुंगिएको छ । त्यसमा रियल बेटिस र ग्रेनेडाले २–२ को बराबरी खेले । नाटकीय त्यस खेलमा अन्तिम ३ गोल ६ मिनेटको अन्तरमा सम्भव भएको थियो ।

प्रकाशित : असार २, २०७७ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्

बायर्न लिग उपाधि जित्न एक खेल मात्र टाढा

एएफपी

बर्लिन — बायर्न म्युनिख लगातार आठौं जर्मन बुन्डेसलिगा उपाधिबाट अब एक खेल मात्र टाढा छ । शनिबार रातिको खेलमा उसले बोरुसिया मुन्छेनग्लाडबाखलाई २–१ ले हरायो । खेलको अन्त्यतिर लियोन गोरट्ज्काले निर्णायक गोल गरे ।

बायर्नले किशोर स्ट्राइकर जोसुआ जिरकिजको गोलले अग्रता लिए यता बेन्जामिन पाभर्डले आत्मघाती गोल गरेका थिए । बायर्न रोबर्ट लेवनडोस्की र थोमस मुलरविना मैदानमा उत्रेको थियो । तर उनीहरूको अनुपस्थिति महँगो साबित भएन ।

यो जितपछि बायर्नले लिग तालिकाको शीर्ष स्थानमा फेरि सात अंकको अग्रता खोलेको छ । लिगमा तीन चरणका खेल बाँकी छँदा बोरुसिया डर्टमन्ड दोस्रो स्थानमा छ । शनिबार रातिको अर्को खेलमा डर्टमन्डले फोर्टुना डुसलफोर्डलाई १–० ले हराएको थियो ।

प्रकाशित : जेष्ठ ३२, २०७७ ०७:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×