बायर्न लिग उपाधि जित्न एक खेल मात्र टाढा

एएफपी

बर्लिन — बायर्न म्युनिख लगातार आठौं जर्मन बुन्डेसलिगा उपाधिबाट अब एक खेल मात्र टाढा छ । शनिबार रातिको खेलमा उसले बोरुसिया मुन्छेनग्लाडबाखलाई २–१ ले हरायो । खेलको अन्त्यतिर लियोन गोरट्ज्काले निर्णायक गोल गरे ।

बायर्न लिग उपाधि जित्न एक खेल मात्र टाढा

बायर्नले किशोर स्ट्राइकर जोसुआ जिरकिजको गोलले अग्रता लिए यता बेन्जामिन पाभर्डले आत्मघाती गोल गरेका थिए । बायर्न रोबर्ट लेवनडोस्की र थोमस मुलरविना मैदानमा उत्रेको थियो । तर उनीहरूको अनुपस्थिति महँगो साबित भएन ।

यो जितपछि बायर्नले लिग तालिकाको शीर्ष स्थानमा फेरि सात अंकको अग्रता खोलेको छ । लिगमा तीन चरणका खेल बाँकी छँदा बोरुसिया डर्टमन्ड दोस्रो स्थानमा छ । शनिबार रातिको अर्को खेलमा डर्टमन्डले फोर्टुना डुसलफोर्डलाई १–० ले हराएको थियो ।

प्रकाशित : जेष्ठ ३२, २०७७ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?