१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

स्पेनमा फुटबल फर्कियो, सेभिया विजयी

एएफपी

म्याड्रिड — स्पेनमा ला लिगा तीन महिनापछि फेरि फर्केको छ । पहिलो खेलमा सेभियाले स्थानीय प्रतिद्वन्द्वी रियल बेटिसलाई २–० ले हराएको छ ।

स्पेनमा फुटबल फर्कियो, सेभिया विजयी

जर्मनीपछि स्पेन फुटबल फेरि सुरु हुने यो खेलका पाँच प्रमुख युरोपेली देशमध्ये दोस्रो भएको छ । कोरोना भाइरस संक्रमणको महामारीले फुटबल रोकिएको स्थितिमा थियो । जर्मन बुन्डेसलिगा मे १६ बाट सुरु भएको थियो ।

सेभिया डर्बी स्पेनमा सर्वाधिक तनावपूर्ण खेलमध्ये एक रहेकोमा यसपल्ट रोमन सान्चेजन पिजुन रंगशाला दर्शनविहीन रहेको थियो । तर घरेलु टिमका केही समर्थक खेल सुरु हुनुअगाडि रंगशालाबाहिर जम्मा भएका थिए ।

मार्च १० यता स्पेनमा माथिल्लो डिभिजनको फुटबल भएको यो पहिलोपल्ट हो । यो कदमले अब इंग्ल्यान्डमा पनि फेरि फुटबल सुरु गर्न प्रोत्साहन मिल्नेछ । इंग्लिस प्रिमियर लिग र सिरी ए अर्को सातादेखि सुरु हुनेछ ।

यता मैदानमा भने सेभियाले लुकास आमापोसको गोलले ५६ औं मिनेटमा अग्रता लिएको थियो । फर्नान्डो रेगेसले दोस्रो गोल थपे । यो जितपछि तेस्रो स्थानमा रहेको सेभियाको ५० अंक भएको छ । ला लिगालाई ३९ दिनभित्र आफ्ना बाँकी सबै खेल सकाउने चुनौती छ ।

प्रकाशित : जेष्ठ ३०, २०७७ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?