कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बेर्लुस्कोनीको टिम ‘सिरी बी’ मा

एएफपी

मिलान — इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बेर्लुस्कोनीको नयाँ क्लब मोन्जालाई सोमबार ‘सिरी बी’ मा बढुवा गरिएको छ । एसी मिलानको स्वामित्व बेचेयता अब बेर्लुस्कोनी अर्को टिमलाई ‘सिरी ए’ मा पुर्‍याउने प्रयासमा हुनेछन् । 

बेर्लुस्कोनीको टिम ‘सिरी बी’ मा

मोन्जासहित भिन्सेन्जा र रेजिनालाई बढुवा गर्ने निर्णय इटालीको फुटबल संघले गरेको हो । संघले ‘सिरी सी’ का खेल टुंगेको पनि घोषणा गरेको छ ।

कोरोना महामारीले रोकिएको ‘सिरी सी’ मा रहेका तीन समूहमध्ये प्रत्येकको शीर्ष स्थानमा रहेकालाई माथिल्लो डिभिजनमा पुर्‍याइएको हो । बेर्लुस्कोनीले स्थानीय मिडियालाई अन्तर्वार्ता दिँदै अब आफ्नो उद्देश्य मोन्जालाई ‘सिरी बी’ च्याम्पियन बनाउने रहेको बताए । उनले भनेका छन्, ‘मोन्जालाई सिरी ए पुर्‍याउने सबै प्रयास हुनेछ ।’ बेरलुस्कोनीको स्वामित्वमा रहेका बेला एसी मिलानले ३० उपाधि जितेको थियो । त्यसमा आठ ‘सिरी ए’ र पाँच युरोपेली कप उपाधि छन् ।

सन् २०१७ मा उनले मिलान चिनियाँ व्यवसायी ली योङहोङलाई बेचेका थिए । मिडिया टाइकुनसमेत रहेका ८३ वर्षीय बेर्लुस्कोनीले ३० लाख युरोमा मोन्जा किनेर त्यसमा ठूलो रकम लगानी गरेका थिए ।

प्रकाशित : जेष्ठ २७, २०७७ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?