२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

बायर्नको लगातार नवौं जित

एजेन्सी

म्युनिख — बायर्न म्युनिखले शनिबार राति जर्मन बुन्डेसलिगामा लगातार नवौं जित हात पारेको छ । रोबर्ट लेवनडोस्कीले यो सिजन लिगमा गरेको ३० औं गोलको सहयोगले बायर्नले बायार लेवरकुसनलाई ४-२ ले हरायो ।

बायर्नको लगातार नवौं जित

यो जितपछि बायर्न लिग तालिकमा सात अंकको अग्रतासहित शीर्ष स्थानमा छ । उसको ३० खेलबाट ७० अंक भएको छ । शनिबार रातिको अर्को खेलमा दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डले हेर्था बर्लिनलाई १–० ले पराजित गर्‍यो ।

डर्टमन्डको जितमा भने इमरे चानले निर्णायक गोल गरे । अन्य खेलमा माइन्जले आइनट्राख्त फ्रान्कफर्टलाई २–० ले हरायो भने फोर्टुना डुसलफोर्ड र होफेनहाइमले २–२ को बराबरी खेले ।

यस्तै लाइपजिग र पार्डाबोनको खेल १–१ को बराबरीमा सकियो । लाइपजिग ५९ अंकमा तेस्रो स्थानमा छ ।

प्रकाशित : जेष्ठ २५, २०७७ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?