लिभरपुलले घरमै उपाधि जित्न सक्ने

एएफपी

लन्डन — इंग्लिस प्रिमियर लिग (ईपीएल) को शीर्ष स्थानमा रहेको लिभरपुलले ३० वर्षयता पहिलो उपाधि आफ्नै घर एनफिल्डमा जित्न सक्ने भएको छ ।

लिभरपुलले घरमै उपाधि जित्न सक्ने

कोरोना भाइरस संक्रमणको महामारीले रोकिएको ईपीएल फेरि सुरु हुने क्रममा छ । शुक्रबार त्यसको प्रारम्भिक चरणको खेलतालिका जारी गरिएको छ । योर्गन क्लोपको लिभरपुललाई शीर्ष स्थानमा २५ अंकको अग्रता प्राप्त छ ।

उसलाई लिग जित्न खालि दुई जितको मात्र आवश्यकता छ । नयाँ तालिकाअनुसार लिभरपुलले जुन २१ मा एभरटनको गुडसिन पार्कको भ्रमण गर्नेछ । त्यसको तीन दिनपछि लिभरपुलले एनफिल्डमा क्रिस्टल प्यालेसविरुद्ध खेल्नेछ ।

यी दुवै खेल जिते लिभरपुलले सन् १९९० यता पहिलो पल्ट लिग जित्नेछ । यसअघि जुन १७ मा म्यानचेस्टर सिटीले आर्सनलविरुद्ध खेल्नेछ र यो खेलमा सिटी पराजित रहे, लिभरपुल गुडसिन पार्कमै लिग च्याम्पियन हुन सक्नेछ ।

प्रकाशित : जेष्ठ २४, २०७७ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?