फिफा पनि फ्लोयडमाथि प्रहरी ज्यादतीको विरोधमा

रोयटर्स

बर्न — अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अमेरिकामा जर्ज फ्लोयडविरुद्ध भएको अन्यायको विरोधमा भइरहेको प्रदर्शनमा ऐक्यबद्धता जनाएको छ ।

फिफा पनि फ्लोयडमाथि प्रहरी ज्यादतीको विरोधमा

फिफा अगाडि अमेरिकाका हकी र बास्केटबल संघले पनि अमेरिकी प्रहरीको ज्यादतीविरुद्ध आन्दोलनमा आफ्नो समर्थन रहेको जनाएका थिए । फिफाले रंगभेदी व्यवहारलाई आफ्नो संस्थाले कुनै पनि हालतमा स्वीकार नगर्ने जनाएको छ ।

फिफाले खेलका क्रममा मैदानमै विरोध प्रदर्शन गर्ने खेलाडीप्रति पनि सहानुभूति देखाएको छ । अहिले चलिरहेको जर्मन बुन्डेसलिगाका क्रममा केही खेलाडीले मैदानमै फ्लोयडको हत्याको सांकेतिक विरोध गरेका छन् । फिफाले विज्ञप्ति नै जारी गरेर आफ्नो संस्थाले ती खेलाडीको भावना बुझेको जनाएको छ । अध्यक्ष जियानी इन्फान्टिनोले विरोधमा उत्रेका खेलाडीको आलोचना गर्नुको सट्टा प्रशंसा गर्नुपर्ने बताएका छन् ।

प्रकाशित : जेष्ठ २३, २०७७ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?