१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

बेनफिका बराबरीमा रोकियो

एजेन्सी

लिस्बन — डिफेन्डिङ च्याम्पियन बेनफिका बिहीबार राति पोर्चुगलको प्रिमियर लिगामा टोन्डेलाको हातबाट निराशाजनक गोलरहित बराबरीमा रोकियो । यो नतिजापछि बेनफिका अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

बेनफिका बराबरीमा रोकियो

बेनफिकालाई दोस्रो स्थानमा रहेको पोर्टोमाथि गोल अन्तरको फाइदा छ । तीन महिनापछि फेरि सुरु भएको पोर्चुगाली फुटबलको आफ्नो पहिलो खेलमा जित निकालेको भए बेनफिकाले दुई अंकको स्पष्ट अग्रता लिन सक्ने थियो ।

यसअघि अघिल्लो दिनको खेलमा पोर्टोले आश्चर्यजनक हार बेहोरेको थियो । बिहीबार रातिकै अर्को खेलमा भिटोरिया डे गुइमारेस र स्पोर्टिङ सीपीले २–२ को बराबरी खेले ।

प्रकाशित : जेष्ठ २३, २०७७ ०६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?