ब्रेमनलाई रेलिगेसनको तनाव

एएफपी

बर्लिन — जर्मन बुन्डेसलिगामा अस्तित्व बचाउन संघर्षरत भेरडाआ ब्रेमनलाई बुधबार ठूलो धक्का लागेको छ । टोली घरेलु मैदानमा आइन्ट्राख्ट फ्रान्कफर्टबाट ३–० ले पराजित रह्यो ।

ब्रेमनलाई रेलिगेसनको तनाव

बुन्डेसलिगाको माथिल्लो डिभिजनमा सबैभन्दा बढी सिजन बिताउने कीर्तिमान ब्रेमनको नाममा छ तर पछिल्लो हारपछि क्लब अंकतालिकाको पुछारबाट दोस्रो स्थानमा छ ।

ब्रेमन सुरक्षित स्थानबाट अझै तीन अंक टाढा छ । लिगमा अब ६ चरणका खेल बाँकी छन् । फ्रान्कफर्टको जितमा आन्द्रे सिल्भाले सुरुआती गोल गरेयता स्टाफान इसन्करले दुई गोल थपे ।

प्रकाशित : जेष्ठ २२, २०७७ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?