कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

इंग्ल्यान्डले जुलाईमा वेस्ट इन्डिजविरुद्ध खेल्ने

एएफपी

लन्डन — इंग्ल्यान्डले जुलाईमा वेस्ट इन्डिजविरुद्ध तीन टेस्ट खेल्ने भएको छ । इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले मंगलबार जनाएअनुसार यसका लागि सरकारी अनुमति आउन भने बाँकी छ ।

इंग्ल्यान्डले जुलाईमा वेस्ट इन्डिजविरुद्ध खेल्ने

बोर्डका अनुसार जुलाई ८ देखि १२ सम्म पहिलो टेस्ट साउथह्याम्पटनमा हुनेछ । दोस्रो टेस्ट जुलाई १६ देखि २० तथा तेस्रो टेस्ट जुलाई २४ देखि २८ बीच म्यानचेस्टरमा हुनेछ ।

कोरोना भाइरस संक्रमणको महामारीका कारण यो टेस्ट सिरिज पछाडि सारिएको हो । अघिल्लो साता मात्र वेस्ट इन्डिज जुन ९ मा इंग्ल्यान्ड आउन तयार भएको हो ।

पाहुना टिमले साउथह्याम्पटन जानुअगाडि म्यानचेस्टरमा तीन साता क्वारेन्टाइनमा बिताउनेछ । यसका लागि टेस्ट हुने मैदानछेउमै होटल व्यवस्था गरिएको छ ।

प्रकाशित : जेष्ठ २१, २०७७ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?