१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कोहली भन्छन्– ‘म कप्तान बन्नुमा धोनीको हात’

रोयटर्स

नयाँदिल्ली — भारतीय कप्तान विराट कोहलीले आफूले नेतृत्व गर्न पाउनुपछाडि महेन्द्रसिंह धोनीको ठूलो हात रहेको बताएका छन् । कोहलीले खेलको परिस्थिति बुझ्न सक्ने आफ्नो गुणबाट धोनी प्रभावित रहेको दाबी गरेका छन् ।

कोहली भन्छन्– ‘म कप्तान बन्नुमा धोनीको हात’

सन् २०१४–२०१५ मा धोनीले कप्तानी छाडेपछि ३१ वर्षे कोहलीले टिमको नेतृत्व गर्ने अवसर पाएका थिए । सन् २०१७ यता उनी भारतीय एकदिवसीय क्रिकेटका पनि कप्तान भए ।

स्लिपमा फिल्डिङ गर्ने क्रममा कोहलीको पहुँच सजिलै विकेटकिपर धोनीसम्म हुन्थ्यो । यसैक्रममा दुई खेलाडीबीच कुराकानी पनि हुन्थ्यो र यसबाट धोनी प्रभावित पनि रहन्थे । साथी खेलाडी रविचन्द्रन अश्विनसँगको यु–ट्युब कुराकानीमा कोहलीले भनेका छन्, ‘कप्तानसँग नियमित कुराकानी गर्न पाउँदा त्यसले फरक पार्छ । म धोनीलाई सधैं यस्तो गरौं भनेर सल्लाह दिइरहेको हुन्थें ।’

कोहली थपे, ‘मैले भनेको धेरै सल्लाह धोनी मान्दैन पनि थिए । तर हामी सल्लाह भने गर्थ्यौं । यसले मलाई धेरै आत्मविश्वास भने दिलाएको थियो । धोनीलाई लामो समय यसरी पछ्याएर नै मभित्रको कप्तान विकास भएको हो । धोनीले पनि बिना कारण मलाई कप्तान बनाउने पर्छ भनेर छनोटकर्तालाई भनेका थिएनन् होला ।’ उनले भारतीय टिमको कप्तान हुने काम निकै गाह्रो भएको माने ।

सन् २००८ मा आपनै नेतृत्वमा भारतलाई यू–१९ विश्वकप दिलाएका कोहलीले भने, ‘अवसर प्राप्त हुन्छ भने त्यसका काम गरेर देखाउनुपर्छ । यस्तो अवसर सबैले पाउने गर्दैनन् ।’ सन् २०१६ मा कोहलीकै नेतृत्वमा भारतले टेस्ट वरीयताको शीर्षस्थान प्राप्त गरेको थियो । गत महिना मात्र अस्ट्रेलियाले फेरि भारतलाई उछिनेको थियो । गत वर्षको एकदिवसीय विश्वकपमा भारत सेमिफाइनलसम्म पुगेको थियो ।

प्रकाशित : जेष्ठ २०, २०७७ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?