३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

लाइपजिग फेरि तेस्रो स्थानमा

एएफपी

म्युनिख — लाइपजिगले सोमबार राति जर्मन बुन्डेसलिगामा कोल्नमाथि ४–२ को रोमाञ्चक जित निकालेको छ । यससँगै टोली फेरि अंक तालिकाको तेस्रो स्थानमा उक्लिन सफल रह्यो ।

लाइपजिग फेरि तेस्रो स्थानमा

कोल्नले सुरुआती अग्रता लिए पनि लाइपजिगले ३७ मिनेटको अन्तरमा चार गोल गरेको हो । तीमध्ये एक गोल टिमो वार्नरको नाममा रह्यो ।

उनले सबैखाले प्रतियोगितामा गरेको यो ३१औं गोल हो । यस जितपछि लाइपजिग अंकतालिकामा बोरुसिया मुन्छेनग्ल्याडबाख र बायार लेवरकुसनलाई पछाडि छोड्न सफल रह्यो ।

यो जितले लाइपजिगको अर्को सिजन युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना पनि बलियो भएको छ ।

प्रकाशित : जेष्ठ २०, २०७७ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?