१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

फ्लोयडको समर्थन गर्दै सान्चोको ह्याट्रिक

एएफपी

डर्टमन्ड — इंग्लिस विन्गर जाडोन सान्चोले आइतबार राति जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुन्डका लागि ह्याट्रिक गरे । त्यस क्रममा उनले अमेरिकी अश्वेत जर्ज फ्लोयडको समर्थनमा लेखिएको टी–सर्ट प्रदर्शन गरे ।

फ्लोयडको समर्थन गर्दै सान्चोको ह्याट्रिक

अमेरिकामा हालै मात्र प्रहरी नियन्त्रणमा फ्लोयडको मृत्यु भएको थियो । सान्चोले ‘जर्ज फ्लोयडका लागि न्याय’ लेखिएको टी–सर्ट प्रदर्शन गरेका थिए ।

उनको ह्याट्रिकको मद्दतमा डर्टमन्डले पुछारतिर रहेको पार्डाबोनलाई ६–१ ले हरायो । उसका लागि थोरगन हजार्ड, आचरफ हाकिमी र मार्सेल स्पेलरले पनि गोल गरे ।

यो जितपछि दोस्रोमा रहेको डर्टमन्डले शीर्ष स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखसँगको दूरी सात अंकमा छोट्याएको छ ।

यसअघि भएको आइतबारको अर्को खेलमा बोरुसिया मुन्छेनग्लाडबाखले युनियन बर्लिनलाई ४–१ ले हरायो र तेस्रो स्थानमा उक्लिन सफल रह्यो ।

प्रकाशित : जेष्ठ १९, २०७७ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?