३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बार्सिलोनाले मालोर्काको सामना गर्ने, रियलले आइबरको

एएफपी

म्याड्रिड — बार्सिलोनाले कोरोना महामारीले रोकिएको स्पेनी ला लिगा फेरि सुरु हुँदाको पहिलो खेलमा रियल मालोर्काको सामना गर्ने भएको छ ।

बार्सिलोनाले मालोर्काको सामना गर्ने, रियलले आइबरको

लिग आयोजकले आइतबार लिगका दुई चरणको तालिका जारी गरेको छ । बार्सिलोनाले जुन १३ मा मालोर्काको भ्रमण गर्नेछ । त्यसको दुई दिनअगाडि रियल बेटिस र सेभियाबीचको खेलबाट लिग औपचारिक रूपमा फेरि सुरु हुनेछ ।

रियल म्याड्रिड शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा दुई अंकले पछाडि छ र उसले जुन १४ मा आइबरको सामना गर्नेछ । स्पेनमा मार्च १२ देखि फुटबल स्थगनको स्थितिमा छ ।

हालै मात्र स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले फुटबल फेरि सुरु गर्न सकिने अनुमति दिएका थिए ।

बार्सिलोनाले जुन १६ मा लेगानेसको आतिथ्य ग्रहण गर्नेछ भने रियलले जुन १८ मा घरमै भ्यालेन्सियाविरुद्ध खेल्नेछ ।

प्रकाशित : जेष्ठ १९, २०७७ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?