कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बायर्न १० अंकले अगाडि

एजेन्सी

म्युनिख — बायर्न म्युनिखले शनिबार राति जर्मन बुन्डेसलिगामा १० अंकको अग्रता बनाएको छ । उसले रेलिगेसनको डरबाट गुज्रिरहेको फोर्टुना डुसलडोर्फलाई ५–० ले सजिलै हरायो ।

बायर्न १० अंकले अगाडि

बन्द रंगशालामा बायर्नका लागि रोबर्ट लेवनडोस्कीले दुई गोल गरे । डुसलफोर्ड डिफेन्डर म्याथिस जोरगेनसनले सुरुमै आत्मघाती गोल गरेयता बेन्जामिन पाभेर्ड र अल्फान्सो डेभिसले पनि एक/एक गोल गरे ।

लिगमा पाँच चरणका खेल बाँकी छँदा बायर्न लगातार आठौं लिग उपाधितर्फ उन्मुख छ । बायर्न लिगका पछिल्ला आठ खेलमा लगातार विजयी पनि रहेको छ । दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डले आइतबारको खेलमा पुछारमा रहेको क्लब पार्डाबोनलाई हराउन सके बायर्नको अग्रतालाई छोट्याउन सक्नेछ ।

शनिबारका अन्य खेलमा हेर्था बर्लिनले आउग्सबर्गलाई २–०, होफनहाइमले माइन्जलाई १–०, भेरडाआ ब्रेमेनले साल्केलाई १–० र आइनट्राख्ट फ्रान्कफुर्टले वोल्फ्सबर्गलाई २–१ ले हरायो ।

प्रकाशित : जेष्ठ १८, २०७७ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?