फेडेरर सबैभन्दा बढी कमाउने खेलाडी

रोनाल्डो दोस्रो, मेसी तेस्रो स्थानमा
एजेन्सी

न्युयोर्क — रोजर फेडेरर सन् २०२० मा सर्वाधिक कमाउने खेलाडी सूचीको शीर्ष स्थानमा परेका छन् । फोर्ब्सले शुक्रबार निकालेको सर्वाधिक कमाउने खेलाडी सूचीमा उनी पहिलो पल्ट नम्बर १ मा परेका हुन् ।

फेडेरर सबैभन्दा बढी कमाउने खेलाडी

फोर्ब्सका अनुसार यो वर्ष उनले कर तिर्नु अगाडि कमाएको रकम १० करोड ६३ लाख अमेरिकी डलर रहेको छ । विश्व टेनिसका लेजेन्ड स्विस खेलाडीले कीर्तिमान २० ग्रान्ड स्लाम जितेका छन् ।

सन् १९९० मा विश्व टेनिसमा प्रवेश गरेका फेडेरर सन् २०१५ मा सर्वाधिक कमाउने सूचीको पाँचौं स्थानमा थिए । पछिल्लो १२ महिनामा उनले प्रायोजक र पुरस्कार राशिबाट यति धेरै रकम कमाएका हुन् ।

सन् २०१३ मा उनी दोस्रो स्थानमा थिए र यो २०२० लाई छाडेर उनको सबैभन्दा बढी कमाएको वर्ष रहेको थियो ।

यस वर्षको सूचीमा दोस्रो स्थानमा पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो रहेका छन् । उनले १०५ मिलियन अमेरिकी डलर कमाएका छन् । त्यस्तै १०४ मिलियन अमेरिकी डलर कमाइसहित बार्सिलोना स्टार लियोनल मेसी तेस्रो स्थानमा रहँदा नेइमार ९५.५ मिलियन अमेरिकी डलर सहित चौथो स्थानमा रहेका छन् । त्यस्तै अमेरिकी बास्केटबल खेलाडी लेब्रोन जेम्स ८८.२ मिलियन अमेरिकी डलर कमाइसहित पाँचौं स्थानमा रहेका छन् ।

प्रकाशित : जेष्ठ १७, २०७७ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?