१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

हाभेर्ट्जको कीर्तिमानी गोलसँगै लेवरकुसन तेस्रो स्थानमा

एजेन्सी

बर्लिन — युवा खेलाडी केइ हाभेर्ट्जले शुक्रबार राति बुन्डेसलिगामा अर्को कीर्तिमान बनाए  । उनको गोलको सहयोगमा बायार लेवरकुसनले फ्राइबर्गलाई १–० ले हरायो । यो जितपछि लेवरकुसन तेस्रो स्थानमा पनि उक्लेको छ ।

हाभेर्ट्जको कीर्तिमानी गोलसँगै लेवरकुसन तेस्रो स्थानमा

भर्खर २० वर्ष छोएका हाभेरट्ज यति कम उमेरमा लिगमा ३५ गोलको उपलब्धि छुने पहिलो खेलाडी भएका छन् । लियोन बेलीको पासमा उनले आठौं मिनेटमा निर्णायक गोल गरे ।

जर्मनीको माथिल्लो डिभिजनमा सबैभन्दा कम उमेरमा ५० र १०० औं खेल खेलेका यी जर्मन खेलाडीले सन् २०१७ मा लेवरकुसनका लागि सबैभन्दा कम उमेरमा गोलको खाता पनि खोलेका थिए ।

कोरोना भाइरस संक्रमणको महामारीबीच फेरि सुरु भएको बुन्डेसलिगाका चार खेलमा हाभेरट्जको यो पाँचौ गोल हो । लेवरकुसनलाई अब चौथो स्थानमा लाइपजिगमाथि एक अंकको अग्रता पनि प्राप्त भएको छ ।

प्रकाशित : जेष्ठ १७, २०७७ ०६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?