३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

ईपीएलमा अब ‘कन्ट्याक्ट’ प्रशिक्षण

एएफपी

लन्डन — इंग्लिस प्रिमियर लिग (ईपीएल) का सबै क्लबले बुधबार ‘कन्ट्याक्ट’ प्रशिक्षण सुरु गर्ने पक्षमा मतदान गरेका छन् । यससँगै जुनबाट लिग फेरि सुरु हुने सम्भावना बलियो भएको छ ।

ईपीएलमा अब ‘कन्ट्याक्ट’ प्रशिक्षण

कोरोना महामारीका कारण मार्चमा ईपीएल रोकिएको थियो । त्यति बेला लिभरपुल लिग उपाधि जित्नबाट दुई खेल मात्र टाढा थियो ।

क्लबले सानो समूह बनाएर सामाजिक दूरी कायम राख्दै यसअघि नै प्रशिक्षण सुरु गरिसकेका थिए । तर अब क्लबले समूहमा ‘कन्ट्याक्ट’ प्रशिक्षण गर्न सक्नेछन् ।

लिगले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आज सबै क्लबले निर्विरोध कन्ट्याक्ट प्रशिक्षणका लागि मतदान गरेका छन् । यसले लिग सुरु गर्ने बाटो खोलेको छ ।’

प्रकाशित : जेष्ठ १५, २०७७ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?