लाइपजिगले दोस्रो स्थानमा उक्लने मौका गुमायो

एएफपी

बर्लिन — जर्मन बुन्डेसलिगामा १० खेलाडीमा सीमित लाइपजिगले बुधबार राति घरमा हर्था बर्लिनसँग २–२ को बराबरी खेलेको छ । यो बराबरीपछि उसले अंक तालिकाको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।

लाइपजिगले दोस्रो स्थानमा उक्लने मौका गुमायो

क्रस्जटोफ पिटेकले पेनाल्टीबाट खेलको अन्त्यतिर गोल गरेपछि बर्लिनले बराबरी नतिजा निकालेको हो । गत साता पनि घरमै भएको खेलमा लाइपजिगले फ्राइबर्गसँग बराबरी खेलेको थियो ।

तेस्रो स्थानमा रहेको लाइपजिग बोरुसिया डर्टमन्डभन्दा दुई अंकले पछाडि छ । डर्टमन्डलाई यसअघि हराएको बायर्न म्युनिख सात अंकको अग्रताले शीर्ष स्थानमा छ । बुधबारको अर्को खेलमा साल्के रेलिगेसनको डरबाट गुज्रिरहेको फोर्टुना डुसलडोफको हातबाट २–१ ले पराजित भयो । साल्केको यो लगातार तेस्रो हार हो ।

यस्तै अन्य खेलमा होफेनहाइमले कोल्नलाई ३–१ ले हरायो भने युनियन बर्लिन र माइन्जले १–१ तथा पार्डाबोन र आउग्सबर्गले गोलरहित बराबरी खेले ।

प्रकाशित : जेष्ठ १५, २०७७ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?