ला लिगा क्लबहरुले प्रशिक्षणमा १४ खेलाडी सहभागी गराउन पाउने

एजेन्सी

म्याड्रिड — लगभग तीन साताभन्दा कम समयमा लिग सुरु गर्ने लक्ष्य लिएको स्पेनी ला लिगाले क्लबलाई १४ खेलाडीबीच प्रशिक्षण सुरु गर्न अनुमति दिएको छ । गत सातासम्म एकैपल्ट प्रशिक्षण गर्दा बढीमा १० खेलाडी मात्र सहभागी हुन सक्थे ।

ला लिगा क्लबहरुले प्रशिक्षणमा १४ खेलाडी सहभागी गराउन पाउने

कोरोना भाइरस संक्रमणको महामारीबाट सबैभन्दा बढी प्रभावित देशमा स्पेन पनि रहेको छ र यहाँ २७ हजारको हाराहारीमा यसबाट संक्रमितको मृत्यु भइसकेको छ । त्यसैले फुटबल फेरि सुरु गर्न कडा नियम बनाइएको छ ।

समूह चरणमा प्रशिक्षण स्पेनमा फेरि फुटबल सुरु गर्नका लागि त्यसअन्तर्गतको सुरुआती प्रक्रिया मानिएको छ । अर्को सातादेखि क्लबले आफ्नो पूरा टिम सम्मिलित गरेर प्रशिक्षण सुरु गर्न सक्ने अपेक्षा गरिएका छ ।

यो निर्णय गर्न देशमा संक्रमितको स्थिति कस्तो हुनेछ, त्यसमा पनि निर्भर हुनेछ । स्पेनी लिग अध्यक्ष ज्याभिएर टेबासले भनेका छन्, ‘अहिले हामी निकै कठिन समयबाट गुज्रिरहेका छौं । हामी तत्काल कुनै निर्णय गर्ने स्थितिमा छैनौं, त्यसैले खेल सुरु गर्न अगाडि विस्तारै पाइला चाल्न चाहन्छौं ।’

प्रकाशित : जेष्ठ १४, २०७७ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?