२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

महिला सुपर लिग स्थगित

एपी

लन्डन — इंग्ल्यान्डको महिला लिग सोमबारबाट तत्काल लागू हुने गरी स्थगित गरिएको छ । कोरोना भाइरस संक्रमणको महामारीका कारण यो सिजनका पूरा लिग स्थगित गरिएको हो । लिग कसले जित्ने छ र कुन–कुन टिम रेलिगेसनमा पर्नेछ, त्यसबारे कुनै निर्णय गरिएको छैन । 

महिला सुपर लिग स्थगित

इंग्लिस फुटबल संघले भनेको छ, ‘महिलाको सुपर लिग स्थगित गरिएको छ, क्लबकै सल्लाहमा ।’ अर्को सिजनका लागि क्लबले तयारी गर्न पर्याप्त समय मिलोस भनेर पनि लिग अब नहुने भएको हो ।

खेल रोकिन अगाडि म्यानचेस्टर सिटी शीर्ष स्थानमा थियो र उसलाई चेल्सीमाथि एक अंकको अग्रता प्राप्त थियो । यस्तै लिगमा सात चरणका खेल हुन बाँकी थियो । डिफेन्डिङ च्याम्पियन आर्सनल थप तीन अंक पछाडि थियो, तर उसले एक खेल कम खेलेको थियो ।

प्रत्येक खेलको औसत अंक निकाल्ने हो भने चेल्सी च्याम्पियन हुने थियो । सिटीले भने प्रेस विज्ञप्ती निकाल्दै भनेको छ, ‘हामी निकै निराश छौं, किनभने हामीले यो सिजन पूरा गर्न सकेनौं ।’

प्रकाशित : जेष्ठ १४, २०७७ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?