कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डर्टमन्डलाई हराएर बायर्न उपाधि नजिक

एजेन्सी

बर्लिन — जोसुआ किमिचले गरेको एक मात्र गोलको सहयोगले बायर्न म्युनिखले मंगलबार राति जर्मन बुन्डे‍सलिगामा बोरुसिया डर्टमन्डलाई १–० हराएर लगातार आठौं लिग उपाधिको नजिक पुगेको छ ।

डर्टमन्डलाई हराएर बायर्न उपाधि नजिक

लिगमा ६ चरणका खेल मात्र बाँकी रहेको स्थितिमा बायर्नले अब सात अंकको अग्रता लिएको छ । किमिचले पहिलो हाफ सकिन ठीक अगाडि उत्कृष्ट गोल गरे । सिग्नल इडुना पार्कमा आफ्ना दर्शकबिना खेल्नु डर्टमुन्डका लागि महँगो सावित भयो ।

अब बायर्नको ६४ अंक भएको छ भने हारले डर्टमुन्ड ५७ अंकमै सीमित रह्यो । नोभेम्बरमा बायर्नले आफ्नो घरेलु मैदानमा डर्टमन्डलाई ४–० ले हराएको थियो ।

मंगलबार रातिका अन्य खेलमा वोल्भ्सबर्गले बायार लेवरकुसनलाई ४–१ ले हरायो । यस्तै आइनट्राख्ट फ्रान्कफर्ट र फ्राइबर्गले ३–३ र भेरडाआ ब्रेमन र बोरुसिया मुन्छेनग्लाडबाखले गोलरहित बराबरी खेले ।

प्रकाशित : जेष्ठ १४, २०७७ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?