३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

ईपीएलमा ‘कन्ट्याक्ट’ प्रशिक्षणका लागि मतदान हुँदै

एएफपी

लन्डन — इंग्लिस प्रिमियर लिग (ईपीएल) का क्लबले बुधबार ‘कन्ट्याक्ट’ प्रशिक्षण सुरु गर्नेबारे मतदान गर्ने भएका छन् । अर्को महिना लिग फेरि सुरु गर्नेतर्फको अर्को प्रमुख पाइलाका रूपमा यो मतदान रहेको छ ।

ईपीएलमा ‘कन्ट्याक्ट’ प्रशिक्षणका लागि मतदान हुँदै

बेलायती सरकारले आइतबार मात्रै ‘कन्ट्याक्ट’ प्रशिक्षणको अनुमति दिएको थियो । यसले खेलाडीलाई खेलका क्रममा स्वाभाविक रूपमा मैदानमा फर्कन मद्दत गर्नेछ । गत साता मात्रै क्लबले सानो समूह बनाएर सामाजिक दूरी कायम राख्दै प्रशिक्षण सुरु गरेका थिए ।

मतदानमा लिगका २० क्लबको सहभागिता रहनेछ । बुधबार नै खेलाडी र खेल पदाधिकारीमा लिइएको अन्तिम चरणको कोभिड १९ परीक्षणको नतिजा पनि आउनेछ । अहिलेसम्म निकै कम संख्यामा मात्र खेलाडी र खेल पदाधिकारीमा कोभिड १९ परीक्षणको ‘पोजिटिभ’ नतिजा आएको हुनाले लिग जुनमै फेरि सुरु गर्न सकिने सम्भावना बढेको छ ।

प्रकाशित : जेष्ठ १३, २०७७ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?