कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

ईपीएलमा फर्कन चाहन्छन् पोचेटिनो 

एएफपी

लन्डन — माउरिसियो पोचेटिनोले आफ्नो प्राथमिकता इंग्लिस प्रिमियर लिग (ईपीएल) मा फर्कनु नै रहेको बताएका छन् । टोटेनहमले बर्खास्तको ६ महिनायता उनको यो इच्छा बाहिर आएको हो । उनले साढे ५ वर्ष टोटेनहममा बिताए र त्यसक्रममा कुनै पनि उपाधि जित्न सकेन । तर यी ४८ वर्षीय प्रशिक्षकले टोटेनहमको भाग्य भने फेरे र टिमले गत वर्ष युरोपेली च्याम्पियन्स लिगको फाइनल यात्रा तय गरेको थियो ।

ईपीएलमा फर्कन चाहन्छन् पोचेटिनो 

त्यसको एक वर्षभन्दा कम समयमा उनी बर्खास्तगीमा परेका थिए । अर्जेन्टिनी प्रशिक्षकले ६ महिना बिनाकाम बिताइसकेका छन् र अब नयाँ क्लबसँग आबद्ध हुन तयार भएको संकेत दिएका छन् । साउदी अरेबियाको लगानी हुन सक्ने न्युकासलको व्यवस्थापक पदका लागि उनलाई बलियो प्रत्याशी मानिएको छ । म्यानचेस्टर युनाइटेडमा पनि उनको सम्भावना रहेको बताइएको छ । पोचेटिनोले भनेका छन्, ‘६ महिनाको अन्तरमा म पूर्णतः ताजा महसुस गरिरहेको छु ।’

उनले थपेका छन्, ‘पछिल्लो सात वर्षयता हामी निकै व्यस्त रह्यौं, विश्रामको मौका नै पाएनौं । त्यसैले मैले आफ्ना सहयोगीलाई यो समयमा के गरेका थियौं, त्यसको विवेचना गर्न भनेको छु ।’

त्यो समयको एकवर्ष पोचेटिनो

साउथह्याम्पटनमा थिए । अहिले उनी लन्डनमा बस्छन् र आफूलाई इंग्ल्यान्ड तथा ईपीएल दुवैको माया रहेको पनि बताएका छन् । टोटेनहमबाट तलब थाप्न छाडेको कारणले पनि उनलाई अन्य ईपीएल क्लबमा जान सहज छ । उनको भनाइ छ, ‘म अझै पनि भन्छु, ईपीएल विश्वकै सबैभन्दा उत्कृष्ट लिग हो । हामी यस लिगमा खुबै रमाउने गर्छौं । तर मेरोसामु अन्य देश जाने मौका छ ।’ कोरोना भाइरस संक्रमणको महामारीका कारण आफूले यस्तै गर्ने हो भनेर दाबी गर्न सक्ने अवस्था भने नभएको मान्छन् । उनी कम्तीमा के मान्छन् भने अहिलेको आधुनिक फुटबलमा सबैले कडा मिहिनेत गर्नुपर्छ । त्यतिमात्र होइन, उत्कृष्ट नतिजा निकाल्न पनि उत्तिकै गाह्रो छ ।

मोउरिन्होप्रति खुसी

पोचेटिनोले आफू गएयता टोटेनहमको जिम्मेवारी जोसे मोउरिन्होले पाएकामा पनि खुसी व्यक्त गरेका छन् । मोउरिन्होले नोभेम्बरयता क्लब सम्हालिरहेका छन् । ‘मेरो स्थानमा मोउरिन्हो आएकोमा म खुसी छु । म अब औपचारिक ढंगले क्लबबाट छुटिएको छु । अहिले टोटेनहममा उपलब्धि सुविधा विश्वस्तरीय छ । अब टोटेनहमको जिम्मा मोउरिन्होले पाएका छन् र उनी पनि जुन स्थितिमा क्लब रहेको छ, त्यसमा पक्कै पनि खुसी होलान्,’ उनले भनेका छन् ।

उनले थपेका छन्, ‘मेरो र मोउरिन्होबीच राम्रो चिनजानी छ । म इस्पनयोलमा प्रशिक्षक रहेका बेला उनी रियल म्याड्रिडमा थिए । त्यही बेला हामीबीच राम्रो सम्बन्ध कायम भएको हो । उनी उच्चस्तरीय प्रशिक्षक हुन् । इस्पानयोलमा रहेका बेला मेरो सपना थियो, उनको स्थानमा रियलको टिम हेर्ने । अहिले समय फेरिएको छ, अब मेरो स्थानमा उनले टोटेनहममा प्रशिक्षकको काम गरिरहेका छन् । यो वास्तवमै मेरा लागि पनि अविश्वसनीय छ ।’

प्रकाशित : जेष्ठ १२, २०७७ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?