१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कोल्न र डुसलफोर्ड बराबरीमा

एएफपी

बर्लिन — अंक तालिकाको मध्यभागमा रहेको कोल्नले जर्मन बुंडेसलिगामा आइतबार राति फोर्टुना डुसलफोर्डसँग २–२ को बराबरी खेलेको छ । कोल्नले खेलको अन्त्यतिर दुई गोल गरे ।

कोल्न र डुसलफोर्ड बराबरीमा

जोन कोरडोबाले इन्ज्युरी समयमा गोल गर्न अगाडि एन्थोनी मोडेस्टेले पहिलो गोल गरेका थिए । यसअघि रेलिगेसनबाट बच्न संघर्षरत डुसलर्फोका तर्फबाट केनन कारमन र एरिक टोमीले गोल गरेका थिए ।

यसअघि टिमो वार्नरले ह्याट्रिक गरेपछि लाइपजिगले माइन्जलाई सजिलै ५–० ले हराएको थियो । यससँगै लाइपजिग अंक तालिकाको तेस्रो स्थानमा उक्लिन पनि सफल भएको छ ।

यस्तै आउग्सबर्गले साल्केलाई ३–० ले पराजित गर्‍यो ।

प्रकाशित : जेष्ठ १२, २०७७ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?